
काठमाडौं । सेयर बजारमा भारी गिरावट आएको छ । बजार मापन गर्ने सूचक ३६.१९ अंकले घटेर परिसूचक २१६४.३१ बिन्दुमा रोकिएको छ ।
कारोबारको सुरु देखि नै घटेको बजार अन्तिम समयसम्म पनि कायमै रह्यो । २६७ कम्पनीको ७७ लाख १६ हजार २७७ कित्ता सेयर २ अर्ब ९१ करोड ७ लाख ३२ हजार ४१८ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा होटल समूहको उपसूचक बाहेक सबै समूहको उपसूचक राताम्मे बनेका छन् । होटल समूहको उपसूचक ७२.३० अंकले बढ्दा बैंकिङ समूहको उपसूचक ३७.२४, विकास बैंक ८६.१३, वित्त ३६.५२, जलविद्युत २६.६३, जीवन बिमा १७६.४४, उत्पादन तथा प्रशोधन १३.३४, माइक्रोफाइनान्स ३६.४९, निर्जीबन बिमा १११.१८, अन्य समूहको उपसूचक २७.९९ अंकले घटेको छ ।
कारोबारमा बजार राताम्मे बन्दा पनि किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बजार राताम्मे बन्दा ३२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७६ कम्पनीको घटेको छ ।

SHARE YOUR THOUGHTS