काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले इमानदारीबाट मात्रै देशले सफलता प्राप्त गर्ने बताएका छन् ।
काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष नेपालले सबै नेताहरु बन्नुपर्ने जति इमानदार बन्न नसकेको बताएका हुन् ।
देश बनाउने भावना जागृत भएमात्रै देश विकास हुने उनले बताए । उनले आफूलाई केन्द्रमा राखेर अघि बढ्न खोज्दा देशको विकास नभएको उनको भनाइ छ ।
नेपालले कुनै पनि कार्य गर्न इमानदारी नै मुख्य कुरा रहेको भन्दै सबै व्यक्ति आफूप्रति इमानदार हुनुपर्ने धारणा राखे ।
जनताको सन्दर्भमा पनि जनतामा भेदभाव, अन्याय, अत्याचार भयो भने थिचोमिचो भयो भने अनि एउटाले अर्कोलाई विभिन्न हिसाबले गरिब भनेर हेला गर्ने, दलित भनेर हेला गर्ने, विपन्न भनेर हेला गर्ने भयो भने देशले प्रगति गर्न नसक्ने उनको भनाइ छ ।
नेपालले संविधानमा अधिकारहरु थुप्रै दिए पनि लागू हुने कुरामा कमी देखिएको उनले बताए ।
SHARE YOUR THOUGHTS