काठमाडौं । मन्त्रिपरिषद बैठकले संघीय शिक्षा ऐन संसदमा पेस गर्न स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले संघीय शिक्षा ऐन संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् विधेयक समितिबाट पेस भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय बैठकले गरेको हो ।
त्यस्तै बैठकले मन्त्रिपरिषद् विधेयक समितिबाट पेस भएको विज्ञापन (नियमन गर्ने) (पहिलो संशोधन) नियमावली २०८० पनि स्वीकृत गरेको छ ।
साथै दिगो भूव्यवस्थापनमार्फत लखनदेही नदी बेसिनका जलाधारहरुको पुनरुत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका लागि विश्व वातावरण सुविधा (जीईएफ) बाट प्राप्त हुने १५ करोड ५५ लाख ५०५ अमेरिकी डलर (करिब २० करोड २२ लाख रुपैयाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।
SHARE YOUR THOUGHTS