साढे ७ लाख बढी कित्ता सेयर बिक्री गर्दै कुमारी बैंक, मूल्य कति ? « Eglish Khabarhub

साढे ७ लाख बढी कित्ता सेयर बिक्री गर्दै कुमारी बैंक, मूल्य कति ?



काठमाण्डौ । कुमारी बैंकले साढे ७ लाख बढी कित्ता सेयर बिक्रीमा राखेको छ।

बैंकले संस्थापक समूहको ७ लाख ५७ हजार ६९९ कित्ता सेयर शुक्रबार बिक्रीमा राखेको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीसँगै जो कोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्ने बैंकले जनाएको छ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०५ रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको काठमाण्डौको लाजिम्पाटस्थित कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ। खरिद आवेदन दिने अन्तिम म्याद भदौ १ गते अपराह्न २ बजेसम्म तोकिएको छ।

Publish on: