![](https://internal.appharu.com/wp-content/uploads/2023/05/samsad-birodh-uml2-768x403.png)
काठमाडौं । सुन तस्करी प्रकरणलाई लिएर प्रमुख प्रतिक्षी नेकपा एमालेले प्रतिनिधि सभामा नाराबाजी गरेको छ ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको एमालेले आइतबारको प्रतिनिधिसभा बैठकमा बेल घेर्दै नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले साउन २६ गते दिउँसो १ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरेका छन् ।
बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरुले बोल्ने समय मागेका थिए ।
तर सत्तापक्षका सांसदहरुले पनि बोल्न समय माग गरे । सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्य थापालाई बोल्न समय दिएपछि सत्तारुढ सांसदहरुले बिरोध जनाए । सभामुखले एमाले सांसद थापालाई समय सकियो भनेपछि एमाले सांसदहरुले वेलमा आएर नाराबाजी गरेका थिए ।
SHARE YOUR THOUGHTS