काठमाडौं । उद्यमी व्यवसायीहरुले उद्योग व्यवसायका लागि अन्य धितोसँगै सेयर समेत धितो राख्न चाहेमा सेयर धितो राखी कर्जा लिन पाइने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।
बैंक तथा वित्तीय संस्थाले व्यवसायीक प्रयोजनको लागि प्रवाह भएको कर्जाको लागि अन्य सम्पत्ति धितो राखे सरह अतिरिक्त धितोको रुपमा सेयर समेत धितोको रुपमा राख्न सक्छन् ।
बैंकहरुले धितोको रुपमा सेयर धितो राखेर ऋण दिने व्यवस्था गरेका छन् । त्यसका लागि बैंकहरुले ब्याजदर तोकेका हुन्छन् ।
सेयर कर्जामा कुन बैंकको ब्याजदर कति ?
कम ब्याजमा सेयर लोन उपलब्ध गराउनेमा नबिल बैंक शीर्ष स्थानमा रहेको छ । नबिल बैंकले सेयर लोन शीर्षकमा ९.५२ प्रतिशतदेखि १४.५२ ब्याज लिने गरि कर्जा प्रवाहको व्यवस्था गरेको छ।
दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । लोन एगेन्ष्ट सेयर शीर्षकमा एआईएमबीले ९.५७ प्रतिशतदेखि १४.५७ प्रतिशत ब्याजदरमा ऋण दिने योजना सञ्चालन गरिरहेको छ।
तेस्रो स्थानमा रहेको एभरेष्ट बैंकले ९.९२ प्रतिशत देखि १४.४२ प्रतिशतसम्म ब्याजमा ऋण दिने योजना सञ्चालन गरिरहेको छ ।
सिद्धार्थ बैंकले लोन एगेन्ष्ट सेयर शीर्षकमा १०.०३ देखि १५.०३ प्रतिशतसम्म ब्याजमा ऋण दिने व्यवस्था गरेको छ ।
पाँचौ स्थानमा रहेको प्रभु बैंकले सेयर कर्जा १०.०६ देखि १५.०६ प्रतिशतसम्म ब्याज लिएर ऋण दिने योजना सञ्चालन गरिरहेको छ ।
त्यस्तै कृषि विकास बैंकले १०.१४ प्रतिशतदेखि १२.१४ प्रतिशत, एनआइसी एशियाले १०.१८ देखि १६.१८, ग्लोबल आईएमई बैंकले १०.२० प्रतिशतदेखि १५.२० प्रतिशत, सानिमा बैंकले १०.३६ देखि १५.३६ प्रतिशतसम्म ब्याजमा सेयर कर्जा ऋण दिने योजना सञ्चालन गरिरहेका छन् ।
एनएमबी बैंकले १०.३७ देखि १५.३७ प्रतिशत, प्राइम बैंकले १०.६९ देखि १५.६९, सिटिजन्स बैंकले १०.७२ देखि १५.७२ प्रतिशत, नेपाल एसबीआई बैंकले १०.७४ देखि १५.७४ प्रतिशत, माछापुच्छ्रे बैंकले १०.७४ देखि १५.७४ प्रतिशत र हिमालयन बैंकले १०.८६ देखि १५.८६ प्रतिशतसम्म ब्याज लिएर सेयर कर्जा प्रवाहको योजना सञ्चालन गरिरहेका छन् । त्यस्तै नेपाल बैंकले १२.०५ देखि १४.५५ प्रतिशतसम्म ब्याज लिएर सेयर कर्जा दिने छ ।
के हो सेयर कर्जा ?
उद्यमी व्यवसायीहरुले उद्योग व्यवसायका लागि अन्य धितोसँगै सेयर समेत धितो राख्न चाहेमा सेयर धितो राखी कर्जा लिन पाइने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।
बैंक तथा वित्तीय संस्थाले व्यवसायीक प्रयोजनको लागि प्रवाह भएको कर्जाको लागि अन्य सम्पत्ति धितो राखे सरह अतिरिक्त धितोको रुपमा सेयर समेत धितोको रुपमा राख्न सक्छन् । अन्य संस्थाको सेयर किन्ने प्रयोजनदेखि बाहेकका व्यावसायिक प्रयोजनको लागि सेयर धितो राखी प्रवाह भएको कर्जामा मार्जिन प्रकृतिको कर्जामा जस्तो एकल ग्राहक कर्जा सीमाको रुपमा रहेको एउटा इजाजतपत्रप्राप्त संस्थाबाट अधिकतम १२ करोड रुपैयाँको सीमा लागू हुँदैन ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ५० लाखसम्मको सेयर धितोमा जाने कर्जाको थ्रेस होल्ड घटाएको छ । ५० लाखसम्मको सेयर कर्जामा थ्रेसहोल्ड १५० बाट १०० प्रतिशत कायम गरिएको छ । यसअघि २५ लाखसम्ममा १०० प्रतिशत लागू थियो ।
SHARE YOUR THOUGHTS