काठमाडौं । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमा २ वटाको कुल सञ्चालन खर्च घटेको छ भने बाँकी १८ वटा बैंकको बढेको छ ।
बैंकहरुले प्रकाशित गरेको गत आर्थिक वर्ष २०७९/८० को वित्तीय अवस्थाअनुसार माछापुच्छ्रे बैंक र कृषि विकास बैंकको सञ्चालन खर्च घटेको छ भने बाँकी बैंकको बढेको छ ।
असार मसान्तसम्म कृषि विकास बैंकको कुल सञ्चालन खर्च २.७ प्रतिशतले घटेर ५ अर्ब ३ करोड रहेको छ । अघिल्लो आवको सोही अवधिमा ५ अर्ब १७ करोड रहेको थियो ।
यस्तै माछापुच्छ्रे बैंकको कुल सञ्चालन खर्च १ प्रतिशतले घटेर ३ अर्ब ३६ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको कुल सञ्चालन खर्च ३ अर्ब ४० करोड रुपैयाँ रहेको थियो ।
असार मसान्तसम्म सबैभन्दा बढी कुल सञ्चालन खर्च एनआईसी एशिया बैंकको रहेको छ । असार मसान्तसम्म बैंकले ७ अर्ब ९२ करोड रुपैयाँ सञ्चालन खर्च गरेको छ । जुन अघिल्लो असार मसान्तको तुलनामा १३.३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा ६ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो ।
कुल सञ्चालन खर्च धेरै हुने दोस्रो बैंकमा ग्लोबल आइएमई रहेको छ भने तेस्रो र चौथोमा क्रमशः नबिल र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । ग्लोबलको सञ्चालन खर्च २६.३ प्रतिशतले बढेर ६ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा ५ अर्ब ३८ करोड रहेको थियो ।
यस्तै नबिल बैंकको सञ्चालन खर्च ६६.३ प्रतिशतले बढेर ६ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा ४ अर्ब ७ करोड रहेको थियो । राष्ट्रिय वाणिज्य बैंकको कुल सञ्चालन खर्च २१.८ प्रतिशतले बढेर ५ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा ४ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो ।
बैंकहरुले प्रकाशित गरेको वित्तीय अवस्था अनुसार प्रभु बैंकको कुल सञ्चालन खर्च ३३ प्रतिशतले बढेर ५ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिमा ४ अर्ब २५ करोड रुपैयाँ रहेको थियो ।
नेपाल बैंकको कुल सञ्चालन खर्च ४४.३ प्रतिशतले बढेर ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिमा ३ अर्ब ५८ करोड रुपैयाँ रहेको थियो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कुल सञ्चालन खर्च ६०.८ प्रतिशतले बढेर ४ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३ अर्ब ८ करोड रुपैयाँ रहेको थियो ।
यता कुमारी बैंकको कुल सञ्चालन खर्च अघिल्लो आवको असार मसान्तको तुलनामा गत आवको सोही अवधिमा २० प्रतिशतले बढेर ४ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा ३ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो ।
सिद्धार्थ बैंकको कुल सञ्चालन खर्च असार मसान्तसम्म अघिल्लो आवको असार मसान्तको तुलनामा ८.७ प्रतिशतले बढेर ४ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा ३ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो ।
यस्तै एनएमबि बैंकको कुल सञ्चालन खर्च ४ अर्ब २२ करोड रुपैैयाँ रहेको छ । जुन अघिल्लो असार मसान्तको तुलनामा ७.७ प्रतिशतले बढी हो । अघिल्लो असार मसान्तमा ३ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो ।
हिमालयन बैंकको कुल सञ्चालन खर्च ३ अर्ब ९१ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो असार मसान्तको तुलनामा ४२.६ प्रतिशतले बढी हो । अघिल्लो आवको असार मसान्तमा २ अर्ब ७४ करोड रुपैयाँ रहेको थियो ।
अघिल्लो असार मसान्तमा २ अर्ब ९३ करोड रुपैयाँ कुल सञ्चालन गर्च गरेको एभरेष्ट बैंकको गत आवको असार मसान्तमा १०.५ प्रतिशतले बढेर ३ अर्ब २४ करोड पुगेको छ ।
सिटिजन्स बैंकले गत आवमा ३ अर्ब १४ करोड रुपैयाँ कुल सञ्चालन खर्च गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ४.५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा ३ अर्ब रहेको थियो ।
यस्तै एसबिआई बैंकको कुल सञ्चालन खर्च ८.९ प्रतिशतले बढेर ३ अर्ब ५ करोड पुगेको छ । अघिल्लो आवको सोही अवधिमा २ अर्ब ८० करोड रुपैयाँ रहेको थियो ।
लक्ष्मी सनराइज बैंकको कुल सञ्चालन खर्च १०.३ प्रतिशतले बढेर २ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा २ अर्ब ६२ करोड रुपैयाँ रहेको थियो ।
यस्तै सानिमा बैंकको कुल सञ्चालन खर्च ११.४ प्रतिशतले बढेर २ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा २ अर्ब ५२ करोड रुपैयाँ रहेको थियो ।
प्राइम कमर्शिलय बैंकको कुल सञ्चालन खर्च ४.६ प्रतिशतले बढेर २ अर्ब ५९ करोड पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिमा २ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो ।
सबैभन्दा कम कुल सञ्चालन खर्च रहेको स्टयान्डर्ड चार्टर्ड बैंकको २ अर्ब २६ करोड रहेको छ । अघिल्लो आवको सोही अवधिमा १ अर्ब ९६ करोड रहेको थियो ।
SHARE YOUR THOUGHTS