
काठमाडौं । सय किलो सुन प्रकरणमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ली जियालिङ र लिउ फुयान रहेका छन् । दुई जनालाई आज बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दुवै जना हिमालय एअरको फ्लाइटबाट बिहान ९ बजे चीन उडने तयारीमा रहेका थिए ।
योसँगै सय किलो सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २० पुगेको छ । जसमा १ जना धरौटीमा छुटिसकेका छन् ।
SHARE YOUR THOUGHTS