काठमाडौं । गत आर्थिक वर्षमा सगरमाथा जलविद्युत कम्पनीको नाफा १.३६ प्रतिशतले घटेर ६ करोड ३५ लाख ४० हजार रुपैयाँमा सिमित भएको छ । अघिल्लो आवको सोही अवधिमा ६ करोड ४५ लाख ९७ हजार रुपैयाँ रहेको थियो ।
यो अवधिमा विद्युत बिक्रीबाट हुने आय घटेसँगै नाफा घटेको छ । असार मसान्तसम्म कम्पनीको विद्युत बिक्री बाट हुने आय ५.१९ प्रतिशतले २५ करोड ५० लाख २५ हजार रहेको छ । अघिल्लो आवको सोही अवधिमा विद्युत बिक्रीबाट हुने आय २६ करोड ९० लाख १० हजार रहेको थियो । कम्पनीको विद्युत बिक्री लागत ६३ लाख ३९ हजारबाट घटेर ६० लाख ५४ हजारमा सिमित भएको छ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँ रहेको छ । रिटेन अर्निङ ५ करोड ९५ लाख ७६ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ३२ पैसा रहेको छ ।
SHARE YOUR THOUGHTS