सुन तस्करी छानबिनका लागि संसदीय समिति स्वीकार्य छैन: ओली « Eglish Khabarhub

सुन तस्करी छानबिनका लागि संसदीय समिति स्वीकार्य छैन: ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको छानबिनका लागि संसदीय समिति स्वीकार नगर्ने बताएका छन् ।

आइतबार एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले वहालवाला वा पूर्वन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय स्वतन्त्र छानबिन समिति बन्नुपर्ने बताए ।

ओलीले संसदीय समिति कस्तो हुन्छ भनेर गएको वर्ष नै हेरिएको बताए । संसदीय समिति बहुमतको आधारमा रहने र सत्तापक्षले यो विषय छानबिन गर्न आवश्यक नरहेको बताउने उनको भनाइ छ ।

‘सभापति उहाँहरुकै चाहिन्छ, बहुमत उहाँहरुकै चाहिन्छ’, उनले भने, यो पनि छानबिन गर्नैपर्दैन, त्यो पनि छानबिन गर्नुपर्दैन भन्छ । सुन तस्करीको कहानी नै गलत हो, प्रतिपक्षले बनाएको हो भन्ने बेर छैन’ उनले भने ।

वर्तमान गठबन्धनले संसदीय मर्यादा राखेर छानबिन गर्न नसक्ने उनको भनाइ छ । केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीको वक्तव्य वाचन गर्दै भ्रष्टाचार र तस्करीमा सरकारकै नेतृत्व मुछिएको आरोप लगाए ।

Publish on: