![](https://internal.appharu.com/wp-content/uploads/2023/08/kp-sunil-sharma-768x471.jpg)
काठमाडौं । नक्कली सर्टिफिकेट प्रकरणमा अदालतको आदेशपछि हिरासतमुक्त नेपाली कांग्रेसका सांसद सुनिल शर्मा बालकोट पुगेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मालाई भेट्न उनी आइतबार बिहान ९ बालकोटस्थित निवास पुगेका हुन् । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो ।
ओलीसँग भेटेपछि बाहिरिने क्रममा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदबाट राजीनामा दिनु पर्ने बताए ।
प्रधानमन्त्रीले चर्चाका लागि फण्डामात्रै देखाएको उनको भनाइ थियो ।
नक्कली प्रमाणपत्रको छानबिनका लागि भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार शर्मालाई पक्राउ गरेको थियो । शुक्रबार जिल्ला अदालतले थुनामा राख्न नपर्ने आदेश दिएपछि शर्मा रिहा भएका थिए । थुनामुक्त भएपछि शर्माले आफ्नो बाबुसमान भन्दै एमाले अध्यक्ष ओलीको प्रशंसा गरेका थिए ।
एमाले अध्यक्ष ओलीले शर्माले हिजोको आज नक्कली प्रमाणपत्र नबनाएको भन्दै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेकै भरमा उनलाई पक्राउ गरेको आरोप लगाएका थिए ।
SHARE YOUR THOUGHTS