ओलीलाई भेट्न बालकोट पुगिन् एलिजा गौतम, राजनीतिमा फर्कन लागेकी हुन् ? « Eglish Khabarhub

ओलीलाई भेट्न बालकोट पुगिन् एलिजा गौतम, राजनीतिमा फर्कन लागेकी हुन् ?



काठमाडौं । अभिनेतृ एलिजा गौतम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ताका लागि बालकोट पुगेकी छन् ।
सक्रिय राजनीतिकबाट विश्राम लिएको घोषणा गरेकी गौतम एमाले अध्यक्ष ओलीलाई भेट्न उनको निवास पुगेकी हुन् ।

सञ्चारकर्मी ऋषि धमला पत्नी गौतमले ओलीसँग भेट गरेको भन्दै सामाजिक सञ्जालमा तस्बिरहरु राखेकी छन् । ‘नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बुवासँग बालकोटमा विशेष भेटवार्ता । भेटमा बुवाले दर्शाउनु भएको सद्भाव, माया, आशीर्वाद, प्रेरणा, उर्जा र मार्गनिर्देशनप्रति अनुगृहीत छु । बुवाको राजनीतिक अनुभव, चेतना र आत्मविश्वास मेरा लागि अनुकरणीय छ । बुवासँगको भेटबाट कलाकारितासँगै राजनीति र समाजसेवा गर्ने मेरो चाहना र हुटहुटीमा मलजल पुग्नुका साथै फलदायी बन्नेछ’ गौतमले लेखेकी छन् ।

२०७९ माघमा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेर केन्द्रीय सदस्य बनेकी उनी केही समयअघि धरानमा हर्क साम्पाङसँग भेटेपछि सक्रिय राजनीतिबाट बिदा भएको र अब समाज सेवामा लाग्ने बताएकी थिइन् ।

Publish on: