
काठमाडौं । कोशी नदीमा पानीको बहाव उच्च भएको छ । नदीमा पानीको बहाव उच्च भएसँगै कोशी ब्यारेजका ५६ वटै ढोकाहरु खोलिएका छन् ।
सोमबार बिहान ४ बजे गरिएको मापनअनुसार कोशी नदीमा पानीको बहाव ४ लाख ६२ हजार ३४५ क्युसेक पुगेको छ । नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
शनिबारदेखि देशका विभिन्न स्थानमा पानी परिरहँदा नदीहरुमा जल सतह बढेको छ भने नदी तटीक्ष क्षेत्रका बासिन्दा त्रासमा छन् ।
प्रतिक्रिया