नारायणी, कर्णाली र बबई नदीमा नदीले सतर्कता तह नाघ्यो « Eglish Khabarhub

नारायणी, कर्णाली र बबई नदीमा नदीले सतर्कता तह नाघ्यो



शनिबारयताको लगातारको वर्षाले नारायणी, कर्णाली र बबई नदीमा जलसतहले सतर्कता तह नाघेको छ।

बाढी पूर्वानुमान् महाशाखाका अनुसार कर्णाली नदीले सुर्खेतमा, बबईले नदीले बर्दियामा र नारायणी नदीले देवघाट र नारायणघाट पुलमा सतर्कता तह पार गरेको हो ।

महाशाखाका अनुसार कर्णाली नदीको जलसतह ७.५६ मिटर, बबईमा ७.३४ मिटर, नारायणी नदी देवघाटमा ७.५६ र नारायणघाट पुलमा ११.४ मिटर पुगेको महाशाखाले जनाएको छ ।

कर्णालीको जलसतह बढ्दो क्रममा र बाँकीको घट्दो क्रममा रहेको महाशाखाले जानकारी दिएको छ।

बर्दियामा गत २४ घन्टामा धेरै वर्षा भएको छ ।

महाशाखाको रम्भापुर स्टेशनमा चौबिस घन्टामा १६० मिलिमिटर वर्षा भएको हो। धेरै भारी वर्षाका कारण बबई नदीमा आएको बाढीमा तीन जना बेपत्ता भएका छन् भने ८४ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

Publish on: