![](https://internal.appharu.com/wp-content/uploads/2023/02/nepal-re-768x413.jpg)
काठमाडौं । व्यापारिक घराना विशाल ग्रुपले नेपाल पुनर्बिमा कम्पनीमा भएको आफ्नो १० लाख कित्ता सेयर बिक्री गर्ने भएको छ। अर्थतन्त्रमा देखिएको संकुचनका कारण नगद प्रवाहमा समस्या भोग्दै आएको विशाल ग्रुपले विभिन्न कम्पनीमा भएको सेयर धमाधम बिक्री गरिरहेको छ ।
विशाल ग्रुपले मंगलबार एक सूचना जारी गर्दै नेपाल पुनर्बिमा कम्पनीको संस्थापक सेयर प्रतिकित्ता ३३५ रुपैयाँका दरले बिक्री गर्ने जनाएको हो । त्यसका ३५ दिनभित्र पुनर्बिमा कम्पनीका अन्य संस्थापक सदस्यले आवेदन दिन सक्नेछन् ।
बीमकको संस्थापक सेयर कारोबार (खरिद–बिक्री) सम्बन्धी निर्देशिका २०७७ को दफा ११ को उपदफा १ बमोजिम कुनै संस्थापकले सेयर बिक्री गर्न चाहेमा विद्यमान संस्थापक सेयरधनी पहिलो हकवाला हुनेछन् । यदि कुनै संस्थापक सेयरधनीले ३५ दिनभित्र किन्न आवेदन नदिएमा मात्रै अन्य व्यक्ति तथा कम्पनीले उक्त सेयर किन्न पाउनेछन् ।
SHARE YOUR THOUGHTS