टिकौली जंगलमा कलेज बस, शव वाहनसहित ८ वटा सवारी साधन ठोक्किए, २० जना घाइते « Eglish Khabarhub

टिकौली जंगलमा कलेज बस, शव वाहनसहित ८ वटा सवारी साधन ठोक्किए, २० जना घाइते



चितवन । पूर्वपश्चिम राजमार्गस्थित टिकौली जंगलमा ८ वटा सवारी साधन एक अर्कासँग ठोक्किँदा २० जना घाइते भएका छन् ।

भरतपुरबाट पूर्वतर्फ जाँदै गरेको कलेज बसले विपरीत दिशाबाट आउँदै गरेको शव वाहन, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको हो ।

नवलपुरको गैंडाकोटस्थित अक्सफोर्ड कलेजको ना १ क ६१३१ नम्बरको बसले विपरीत दिशाबाट शव बोकेर देवघाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको को बलेरो, बा.प्र.०६-००१प ९९८१, बा.प्र.०३-००५ प ९७, ना६२ प ६०३२, बा.प्र.०३-००१ प ४१४७ नम्बरका मोटरसाइकल, बा.प्र.०६-००१प २२९४ र ब.प्र.०३-००२प ४१९८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा २० जना घाइते भएको प्रहरीले जनाएको छ ।

Publish on: