१ पुस २०८२, मंगलबार

नेशनल फण्ड म्यानेजमेन्टले ४.२१ लाभांश दिने


काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ४.२१ प्रतिशत लाभांश दिने भएको छ ।

संचालक समितिको मिति २०८० साल साउन ३० गते बसेको १५औं बैठकले आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि सो लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेशनल फण्ड मिति २०७९ साल मंसिर २० गते स्थापना भई मिति २०७९ चैत्र २१ गते नेपाल धितोपत्र बोर्डबाट प्राइभेट इक्वीटी, भेन्चर क्यापिटल तथा हेज फण्ड संचालन गर्न इजाजत प्राप्त संस्था हो ।