मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज काठमाडौंका यी ५० भन्दा बढी ठाउँमा लोडसडिङ हुने, कहाँ कहाँ हुँदैन बिजुली ?


काठमाडौं । आज काठमाडौंका विभिन्न क्षेत्रमा लोडसेडिङ हुने भएको छ । लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेकोले काठमाडौंका विभिन्न ५० भन्दा बढी क्षेत्रको विद्युत् सेवा अवरुद्ध हुन लागेको हो ।

नेपाल विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै स्युचाटार सबस्टेसनबाट आपूर्ति भइरहेका विभिन्न फिडरहरूमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ ।

साथै सम्बन्धित टेकु, बालाजु, केटू र केथ्री सबस्टेसनबाट आपूर्ति हुने केही क्षेत्रहरूको विद्युत् सेवा आपूर्ति प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ ।

निर्धारित समयअघि काम सम्पन्न सकिए विद्युत् सेवा अगावै सञ्चालनमा आउने छ ।

कहाँ हुँदैछ लोडसेडिङ ?