सुधीर बस्नेतको कोहिनुर हिल्स हाउजिङ लिलामीमा, सञ्चय कोषले अघि बढायो प्रक्रिया « Eglish Khabarhub

सुधीर बस्नेतको कोहिनुर हिल्स हाउजिङ लिलामीमा, सञ्चय कोषले अघि बढायो प्रक्रिया


१४ भाद्र २०८०, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । कर्मचारी सञ्चय कोषले ललितपुरको इमाडोलमा रहेको १० रोपनी ९ आना २ पैसा जग्गा र उक्त जग्गामा बनेको कोहिनुर हिल्स हाउजिङ लिलामी प्रक्रिया अघि बढाएको छ ।

हाउजिङले ऋण नतिरेपछि कोषले कोहिनुरको जग्गा र निर्माणाधीन भवन लिलामी गरेर ऋण असुलउपर गर्न लागेको हो । कोषले उक्त जग्गा र जग्गामा निर्माणाधीन भवन खरिदका लागि ३५ दिने बोलपत्र आह्वान गरेको छ ।

कोहिनुरका सञ्चालक सुधीर बस्नेतले समयमा नै कर्जा चुक्ता नगर्दा जग्गा र निर्माणाधीन भवन लिलामीमा परेको हो । कोषले यसअघि पनि बस्नेतलाई कर्जा भुक्तानी गर्न पटक-पटक ताकेता गरेको थियो । तर, बस्नेतले भने झुक्याउँदै आएका थिए ।

कोहिनुर हिल हाउजिङले कोषको करिब १ अर्ब रुपैयाँ तिर्न बाँकी छ । ऋण मात्रै २३ करोड ७० लाख रुपैयाँ हो । कोहिनुरको नाममा इमाडोलमा २६ वटा फरक-फरक कित्ता जग्गा छ ।

बोलपत्र फाराम कोषको कर्जा लगानी तथा ट्रेजरी व्यवस्थापन विभाग पुल्चोक, ललितपुरबाट एक हजार (फिर्ता नहुने) नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको पुल्चोकमा रहेको चल्ती खाता नं. ००४०१०१०२५४३७३ मा जम्मा गरेको सक्कल भौचर बुझाई ३५औं दिनको १ बजेभित्र खरिद गर्न सकिने सूचनामा उल्लेख छ ।

बोलपत्र फाराम जसको नामबाट खरिद गरिएको हो, उसैको नामबाट सक्कलै भरी सम्बन्धित व्यक्तिले हस्ताक्षर गरी पेस गर्नुपर्नेछ । बोलपत्रदाता फर्म/कम्पनी भए त्यसको आधिकारिक व्यक्तिको हस्ताक्षरसहित छाप लागेको हुनुपर्नेछ ।

बोलपत्र फाराममा आफूले कबोल गरेको रकम अंक र अक्षरमा स्पष्ट उल्लेख गर्नुपर्नेछ । अंक र अक्षरमा लेखिएको रकम फरक पर्न गएमा अक्षरमा लेखिएको रकमलाई मान्यता दिइने कोषले जनाएको छ ।

बोलपत्र पेस गर्दा खामबाहिर ‘श्री कोहिनुर हिल हाउजिङ प्रालिको ललितपुर जिल्ला, इमाडोल गाविस वडा नं. ४ स्थित कोषको नाममा दृष्टिबन्धक रहेको कुल क्षेत्रफल १० रोपनी ९ आना २ पैसा जग्गा र सोमा निर्माणाधीन आवासीय भवन खरिदका लागि शिलबन्दी बोलपत्र’ भन्ने उल्लेख गर्नुका साथै बोलपत्रदाताको नाम, ठेगाना र फोन नम्बरसमेत राखी कोषलाई सम्बोधन गरी पेस गर्नुपर्नेछ ।

बोलपत्रदाताले बोलपत्रसाथ नागरिकताको प्रतिलिपि आफैंले प्रमाणित गरी पेस गर्नुपर्नेछ । बोलपत्रदाता फर्म वा कम्पनी भए फर्म/कम्पनी दर्ता प्रमाणपत्र, आयकर दर्ता प्रमाणपत्र ( नवीकरणसहित) को प्रतिलिपि पेस गर्नुपर्नेछ । बोलपत्र पेस गर्ने फर्म/कम्पनीले आफ्नो सञ्चालक समितिमा लिलामीमा भाग लिनेसम्बन्धी निणर्य गराई त्यसको प्रमाणित प्रतिलिपि बोलपत्रसाथ पेस गर्नुपर्ने कोषको सूचनामा उल्लेख छ ।

लिलाम बिक्री हुने धितोको जानकारी कोषको कर्जा लगानी तथा ट्रेजरी व्यवस्थापन विभागमा सम्पर्क गरी लिन सकिनेछ । लिलाम हुने सम्पत्ति जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिमाणमा लिनुपर्नेछ ।

स्वीकृत बोलपत्रदाताको नाममा उक्त सम्पत्तिको हक हस्तान्तरण गर्दा मालपोत कार्यालयमा तिर्नु/बुझाउनुपर्ने रजिष्ट्रेसन दस्तुरलगायतका सम्पूणर् खर्च (पुँजीगत लाभकर बाहेक) सम्बन्धित बोलपत्रदाताले नै तिर्नु/बुझाउनुपर्नेछ ।

बोलपत्रदाताले पेस गरेको बोलपत्र मान्य हुने अवधि बोलपत्र पेस गर्ने अन्तिम मितिले १२० दिनको हुनेछ । बोलपत्र स्वीकृत भएको सूचना गरिएको मितिले ३० (तीस) दिनभित्र कवोल गरेको सम्पूणर् रकम बुझाइसक्नुपर्नेछ । सो म्यादभित्र सम्पूणर् रकम नबुझाएमा धरौटी रकम स्वतः जफत हुनेछ ।

तोकिएको समयभित्र सम्पूणर् रकम जम्मा गरेपछि जम्मा भएको मितिले १५ (पन्ध्र) दिनभित्र बोलपत्रदाताले कोषमा सम्पर्क गरी आफ्नो नाममा स्वामित्व हस्तान्तरण गरी लिनुपर्ने जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार ००:००  १ : ४३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping