जनैपूर्णिमामा मात्र क्वाँटी खानु पर्ने हो ? « Eglish Khabarhub

जनैपूर्णिमामा मात्र क्वाँटी खानु पर्ने हो ?


१४ भाद्र २०८०, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

महत्त्वपूर्ण सांस्कृतिक पहिचान बोकेको क्वाँटी जनैपूर्णिमा पर्वको विशेष आहारका रूपमा रहँदै आएको छ । परम्परागत रूपमा यसले जाडो आउन सुरु गरेको सन्देश पनि दिन्छ । जाडोका वेला टुसा उमारेको खानेकुराले मानव स्वास्थ्यमा एकदमै फाइदा गर्छ भन्ने कुरा हाम्रा पुर्खालाई जानकारी थियो ।

क्वाँटीलाई नेवारी समुदायमा ‘क्वाँती’ भन्ने गर्छन् । यही तिथिलाई भारतमा रक्षाबन्धन भनेर मनाउँने चलन छ । तर, क्वाँटी खाने चलन भने नेपालमा मात्र छ । क्वाँटी मा केराउ, भटमास, मास, मुँग, चना, बकुल्ला, सानो केराउ लगायत नौ प्रकारका गेडागुडी समावेश गरिन्छ ।

परम्परागत ज्ञानले स्वास्थ्यमा लाभ पुर्याउने थाहा भएरै क्वाटी खाने प्रचलन अविच्छिन्न रहिआएको हो र यसको निरन्तरताका लागि सांस्कृतिक रूप दिइएको हुनुपर्छ । क्वाटी जीवन्त खाना हो, पचाउन पनि निकै सजिलो हुन्छ ।

दाल, गेडागुडीको सेवन गर्दा शरीरमा ग्यास उत्पन्न हुन सक्ने सम्भावना हुन्छ । तर, क्वाटी बनाएर खाएपछि शरीरमा ग्यास बन्ने न्यून हुन्छ ।

गर्भवतीमा र सुत्केरी भएपछि पनि क्वाटीको सेवनले आमा र बच्चा दुवैलाई फाइदा पुर्याउँछ । यसको रस खाँदा पर्याप्त मात्रामा शरीरमा चाहिने क्याल्सियम, प्रोटिन प्राप्त हुन्छ, त्यसकारण सुत्केरी महिलालाई ज्वानो तथा क्वाटीको रस खुवाउने हाम्रो जुन परम्परागत छ, त्यो एकदमै वैज्ञानिक छ ।

कोही व्यक्ति कुनै रोग तथा शरीरमा समस्यापछि तंग्रिन लागेका वेला पनि क्वाटीको रसले धेरै फाइदा पुर्याउँछ । जो व्यक्ति शाहाकारी जीवनशैली अपनाउँछन्, माछा–मासु खाँदैनन्, उनीहरूका लागि क्वाटी अति उपयोगी हुन्छ , प्रत्येक साताको दुई–तीनपटक खानु स्वास्थ्यका लागि राम्रो हुन्छ । यो पौष्टिकताले भरिपूर्ण भोजन हो ।

रोगसँग लड्ने क्षमता वृद्धि गर्न उम्रिएका गेडागुडी खानामा अनिवार्य गर्दा राम्रो हुन्छ । यसमा भिटामिन, प्रोटिन र फाइवर प्रशस्त मात्रामा पाइन्छ ।

सधैं क्वाँटी खान सम्भव नभए जुनसुकै गेडागुडीलाई पनि उमारेर खाने बानी बसाल्नुपर्छ । क्वाटीलाई विभिन्न तरिकाले पकाएर खान सकिन्छ । सुप बनाएर वा तरकारीका रूपमा पनि यसको प्रयोग गर्न सकिन्छ ।

क्वाटीलाई पिसेर पिठोमा मिलाएर बालबालिकाका लागि खाजा खाजा तयार गर्दा यसको पौष्टिकता एकदमै बढ्न जान्छ ।

(डा. उप्रेती पोषणविद् हुन् ।)

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार ००:००  ४ : ५१ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping