२८ मंसिर २०८२, शनिबार

सिंहदरबारमा आगो लगाइदिने बालेनको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले सिहंदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन् ।

बालेनले सामाजिक सञ्जालमार्फत यस्तो चेतावनी दिएका हुन् । उनले महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकिएमा सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन् ।

‘आजका लागि केही भएन,’ उनले लेखेका छन्, ‘भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु ।’

सँगै उनले आफूले भनेको कुरा सरकारलाई याद राख्न पनि भनेका छन् । उनले लेखेका छन्, ‘याद राख चोर सरकार ।’

काठमाडौं महानगरपालिका प्रमुख पदमा निर्वाचित भएपश्चात् बालेन र केन्द्र सरकारबीच निरन्तर टकराव हुँदै गएको छ । बालेनले पटक-पटक केन्द्र सरकारले आफूलाई सहयोग र समन्वय नगरेको आरोप लगाउँदै आएका छन् ।