किसानलाई राहत उपलब्ध गराउन ढिलो भएको कृषिमन्त्री भुसालको स्वीकारोक्ति « Eglish Khabarhub

किसानलाई राहत उपलब्ध गराउन ढिलो भएको कृषिमन्त्री भुसालको स्वीकारोक्ति



काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले किसानलाई राहत उपलब्ध गराउन ढिलाइ भएको स्वीकार गरेका छन् ।

मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले महामारीको रुप लिएको लम्पी स्किन रोगबाट प्रभावित किसानलाई राहत उपलब्ध गराउन आवश्यक पर्ने कार्यविधि स्वीकृत गर्न ढिलाइ भएको बताएका हुन् ।

‘हामीले तयार गरेको कार्यविधिको प्रस्ताव गृह र अर्थ मन्त्रालयमा विचाराधीन छ, प्रक्रियागत समस्याका कारण कार्यविधि स्वीकृत हुन समय लागेको हो । चाँडै स्वीकृत हुने आशामा छौं,’ पत्रकार सम्मेलनमा भुसालले भने, ‘कार्यविधि स्वीकृत भएलगत्तै लम्पी स्किन रोगका कारण पशु गुमाएका किसानलाई मूल्यांकनका आधारमा राहत प्रदान गरिनेछ ।’

उनका अनुसार अहिले यो रोग नियन्त्रण हुँदै गएको छ । केही दिनपछि यो रोगबाट प्रभावित भएका गाई तथा भैंसीलाई निःशुल्क खोप उपलब्ध गराउन लागिएको उनले जानकारी दिए ।

Publish on: