२८ मंसिर २०८२, शनिबार

सफ्ट टेक चितवन २०८० सञ्चालन हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्बिर

चितवन । उद्योग वाणिज्य संघ चितवन र कम्युटर एसोसिएसन नेपाल महासंघ जिल्ला शाखा चितवनको संयुक्त आयोजनामा भदौ २१ देखि २३ सम्म सफ्ट टेक चितवन २०८० आयोजना हुने भएको छ ।

नव उद्यमी र उद्योग प्रवर्धन गर्न चाहनेलाई लक्षित गर्दै मेला आयोजना गर्न लागिएको आज पत्रकार सम्मेलनमा जानकारी दिइयो । ‘चितवनको समृद्धि सूचना प्रविधि’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको मेलामा आईटीसम्बन्धी काम गर्दै आएका विभिन्न कम्पनीका २० कक्ष रहनेछन् ।

उद्योग वाणिज्य संघ चितवनको परिसरमा आयोजना गर्न लागिएको मेलामा सूचना प्रविधिको क्षेत्रमा काम गर्ने संस्था, आवश्यक जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्था औद्योगिक तथा व्यापारिक प्रतिष्ठानबीच अन्तरसम्बन्ध स्थापित गरी दिगो पारिस्थितिक प्रणाली निर्माण गर्नका लागि मेला आयोजना गरिएको महासंघ चितवन शाखाका अध्यक्ष टेकलाल भुसालले जानकारी दिए ।

उनका अनुसार मेलामा १० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । चितवन र छिमेकी जिल्लामा गरी सफ्टवयर निर्माणका लागि १२ वटा कम्पनीले काम गर्दै आएका छन् । साथै यी क्षेत्रमा १२ वटा कलेजमा आइटीसम्बन्धी पठनपाठन हुँदै आएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बताए ।

चितवन र यस आसपासका कलेजबाट आइटीसम्बन्धी वार्षिक दुई हजार जनशक्ति उत्पादन हुँदै आएको उनको भनाइ छ । श्रेष्ठले चितवनलाई आइटी हवका रुपमा विकास गर्न मेला आयोजना गर्न लागिएको बताए । मेलामा आइटिसम्बन्धी विभिन्न गोष्ठीसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ ।