![](https://internal.appharu.com/wp-content/uploads/2023/09/RS-RSS-KTM_RATL9520-768x512.jpg)
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा आज पाटन दरबारस्थित ऐतिहासिक कृष्ण मन्दिर जानुभई दर्शन एवं प्रसाद ग्रहण गरेका छन् ।
त्यस अवसरमा उनलाई ललितपुर–१ र २ का सांसदद्वय उदयशम्शेर राणा र प्रेमबहादुर महर्जन, बागमती प्रदेशका उद्योगमन्त्री रामकृष्ण चित्रकार, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायत जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, निजामती कर्मचारी र स्थानीयवासी एवं भक्तजनले स्वागत गरेका थिए ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/09/RS-KTM-RSS_RATL9608-768x512.jpg)
राष्ट्रपति पौडेलले सोही अवसरमा पाटन दरबार क्षेत्रका सांस्कृतिक सम्पदा अभिरुचिपूर्वक अवलोकन गरे । उनलाई महानगर प्रमुख महर्जनले सम्पदास्थलका बारेमा जानकारी गराए । विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा भ्रमणका लागि स्वदेशीका साथै विदेशी पर्यटकको पनि दैनिक भीड लाग्ने गर्छ ।
SHARE YOUR THOUGHTS