![](https://internal.appharu.com/wp-content/uploads/2023/03/Gold_sun-768x403.jpg)
काठमाडौं । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार तोकिएको छ ।
अघिल्लो दिन प्रतितोला एक लाख १२ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला चार सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार चार सय ५० तोकिएको छ ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २०ले घटेर एक हजार चार सय १० तोकिएको महासङ्घले जनाएको छ ।
SHARE YOUR THOUGHTS