मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजधानीमा सुरु भयो नाडा अटो शो, २० अर्बको कारोबार गर्ने लक्ष्य


काठमाडौं । मंगलबारदेखि राजधानीमा १५औं संस्करणको नाडा अटो शो सुरु भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतदे अटो शो को सुरु गरे । कोरोना महामारीदेखि रोकिएको अटो शो यसपाली भएको हो ।

भदौ ३१ गतेसम्म सञ्चालन हुने शोमा २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने अनुमान छ। यो पटकको अटो शोमा विद्युतीय सवारीको बाक्लो उपस्थिति छ ।

अटो शोमा ठूला तथा साना गरी करिब १२० वटा स्टल र ब्लक रहेका छन्। १६ ब्राण्डका चार पाङ्ग्रे, २२ वटा ब्राण्डका दुई पाङ्ग्रे, ७ वटा ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं अन्य उपकरण कम्पनीहरुको सहभागिता छ।

अटो शोमा प्रवेश टिकटको मूल्य २०० रुपैयाँ तय भएको छ। विद्यार्थीहरुका लागि भने प्रवेश शुल्क १५० रुपैयाँ कायम गरिएको छ।