१६ मंसिर २०८२, सोमबार

आजदेखि सोमबारसम्म काठमाडौं र ललितपुरमा यी ठाउँमा बिजुली अवरुद्ध हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आजदेखि सोमबारसम्म काठमाडौं र ललितपुर जिल्लाका विभिन्न स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म ६६ केभी स्युचाटार टेकु प्रसारण लाइन सटडाउन हुनेछ ।

प्राधिकरणका अनुसार टेकु-स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने भएकाले विद्युत आपूर्ति अवरुद्ध हुने जनाएको छ।

यता प्राधिकरणले वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति कम प्रभावित बन्द हुनेगरी नियमित आपूर्ति गर्ने प्रयास गर्ने जनाएको छ । निर्धारित समयअघि कार्य सम्पन्न भएमा लाइनहरु सुचारु हुनेछन् ।