
काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालयले ६० किलो सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउने गरी प्रतिवेदन दिएमा जिल्ला सरकारी वकिलको कार्यालयले २९ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।
प्रतिवादी बनाइएका २९ जनामध्ये २६ जना प्रहरी हिरासतमा छन् भने ३ जना फरार छन् । सुन प्रकरणमा ३२ जना पक्राउ परेका थिए ।
जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्रअनुसार ३ अर्ब ५० करोड २ लाख रुपैयाँ र ब्रेक प्याडको भन्सार शुल्कसहित २८ लाख ७५ हजार रुपैयाँ गरी कुल ३ अर्ब ५० करोड ३० लाख रुपैयाँ बिगो कायम गरिएको छ ।
SHARE YOUR THOUGHTS