![](https://internal.appharu.com/wp-content/uploads/2023/09/sher-bdr-chaudhari-768x403.jpg)
काठमाडौँ । नेकपा माओवादी केन्द्रले बहुविवाहको आरोपमा सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य शेरबहादुर चौधरीलाई निलम्बन गरेको छ । चौधरीलाई माओवादीले ६ महिनाका लागि निलम्बन गरेको हो ।
माओवादीले मातहतका कमिटीमा पठाएको सर्कुलरमा भनिएको छ, ‘सांस्कृतिकजन्य कमजोरी गरेको र उनीसँग छलफल गर्दा सहर्ष स्वीकार गरेकाले निजलाई प्रदेश समितिको सिफारिसमा ६ महिनाका लागि पार्टी सदस्यबाट समेत निलम्बन गरिएको निर्णय अनुमोदन गरिएको छ ।’
कैलालीको भजनी नगरपालिकाका पूर्वप्रमुख चौधरीले केही समयअघि बहुविवाह गरेका थिए । बहुविवाहका विषयमा पार्टीमा उजुरी परेको थियो । उजुरी पुष्टि भएसँगै हालै बसेको केन्द्रीय कार्यालयको बैठकबाट उनलाई निलम्बनको निर्णय भएको हो ।
SHARE YOUR THOUGHTS