अर्थतन्त्रका विषयमा फैलाइएका नकारात्मक हल्ला अन्त्य गर्न जरुरी छः अर्थमन्त्री « Eglish Khabarhub

अर्थतन्त्रका विषयमा फैलाइएका नकारात्मक हल्ला अन्त्य गर्न जरुरी छः अर्थमन्त्री


४ आश्विन २०८०, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा चलाइएको नकारात्मक कुचक्रलाई सुचक्रमा बदल्न निक्षेप तथा कर्जा सुरक्षा कोषले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् । कोषको ५०औं वार्षिकोत्सव मन्त्री महतले भने, ‘यसका लागि निजी क्षेत्रले पनि सकारात्मक भाइब्स फैलाउनुपर्छ ।’

अर्थतन्त्रका समस्या विस्तारै समाधान हुँदै गएको महतले बताए । ‘समस्या सम्बोधनका लागि सरकारले फेसिलेट गर्ने काममा कमी हुन दिने छैन । सरकारले अप्ठ्यारा हटाउँदै जानेछ, कतिपय हटिसकेका छन्, घटिसकेका छन्,’ उनले भने ।

‘पर्यटक आगमन, विदेशी मुद्रा सञ्चिति र विप्रेषण प्रवाह बढिरहेको छ । अर्थतन्त्रमा रिसोर्स आइरहेको छ तर चलायमान भएको छैन,’ उनले भने, ‘हातमा परेको पैसा कहाँ के गर्ने भन्ने असुरक्षाका कुरा व्यापक प्रवाह भइरहेको छ । खत्तम छ अर्थतन्त्र, अहिले खर्च गर्न ठिक समय होइन, लगानी नगरौं, बैंकहरुले लगानी नगरुन्, पैसा थुपारुन, राखुन् भन्ने जुन नकरात्मक सर्कुलर छ, त्यसलाई हामीले अन्त्य गर्नुपर्छ ।’

अर्थतन्त्रमा रिसोर्स भएकाले यो चलायमान हुँदा आर्थिक गतिविधि बढ्ने मन्त्री महतले जिकिर गरे । ‘आर्थिक गतिविधि बढ्दा रोजगारी पनि बढ्छ । राजस्वमा परेको दबाब पनि अन्त्य हुन्छ, राजस्वमा दबाब कम भयो भने अपेक्षाअनुसार लगानी बढ्छ,’ उनले भने ।

४ करोड १८ लाख निक्षेप खातामा रहेको संस्थाले १२ खर्ब ८८ अर्ब रकमको सुरक्षा प्रदान गरिरहेको उनले बताए । करिब १७ लाख ऋणीलाई कोषले सुरक्षा दिइरहेको मन्त्री महतको भनाइ छ ।

‘यसको पहुँच विस्तार भइरहेको छ । साना उद्यमीदेखि आम निक्षेपकर्तालाई सुरक्षा प्रदान गरेको छ । लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण, कृषि कर्जा सुरक्षणजस्ता कर्जा सुरक्षणको बैंक तथा वित्तीय संस्थालाई दुरदराजमा रहेका निम्न वर्गको पहुँचमा यसले कार्य क्षेत्र विस्तार गरेको छ,’ उनले भने ।

सरकारले विभिन्न समयमा ल्याएको कृषि अगुवा सूचना, वैदेशिक रोजगार, स्टार्टअप रोजगार जस्ता कार्यक्रमलाई कोषले सेवा विस्तार गरेको महतले बताए ।

‘जब हामी लगानी गछौं, अवश्य पनि जोखिम हुन्छ, त्यो जोखिमलाई न्यून गर्ने विभिन्न तरिका हुन्छ, त्यसमा कर्जा सुरक्षा कोषको भूमिका महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘साना उद्यमी व्यवसायीको जोखिम जति न्यून गर्न सकियो, त्यत्ति धेरै अर्थतन्त्र चलायमान हुन्छ, रोजगारी सिर्जना गर्छ ।’

साना-साना कर्जा प्रवाह हुँदा साना-साना उद्योग स्थापना हुने र त्यसले ज्यादा रोजगारी सिर्जना गर्ने महतले बताए ।

‘यो परिवर्तनको समय हो, प्रविधिको नयाँ-नयाँ विकास भइरहेको छ, डिजिटल एकाउन्टिङको हामीले कुरा गरिरहेका छौं, आईटीमा जुन क्रान्ति आएको छ, त्यसले ट्रान्जेक्सनको कस्ट घटाएको छ,’ उनले भने, ‘यसलाई हामीले ग्रहण गर्न जरुरी छ । कर्जा सुरक्षा कोषले यो काममा अग्रणी भूमिका खेल्नेछ ।’

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार ००:००  ४ : ४८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping