बागमती करिडोर सडकमा एनसेलको वृक्षारोपण « Eglish Khabarhub

बागमती करिडोर सडकमा एनसेलको वृक्षारोपण


४ आश्विन २०८०, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले १८औं वार्षिकोत्सवका अवसरमा ललितपुर महानगरपालिकासँगको सहकार्यमा बागमती कोरिडोर सडकको दुवैतर्फ वृक्षारोपण गरेको छ ।

बिहीबार एक कार्यक्रमका बीच एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले संयुक्त रुपमा वृक्षारोपण गरेका छन् ।

यो पहलले समग्र समुदायका लागि स्वस्थ वातावरण निर्माणमा योगदान पुर्‍याउने तथा कम्पनीको जलवायु परिवर्तनसँग सम्बन्धित लक्ष्य पूरा गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ ।

कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रही वार्षिकोत्सवको थिम ‘हामी तपाईंकै लागि’ मा ललितपुर महानगरपालिका वडा नम्बर १ स्थित बागमती करिडोर सडकको दायाँबायाँ २ सयभन्दा बढी रुख रोपिएका छन् ।

एनसेलले वन तथा भूसंरक्षण विभाग र ललितपुर महानगरपालिकासँगको सहकार्यमा व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत रिङरोडको ग्रिन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा मर्मतसम्भार गर्दै आएको छ ।

एनसेलले सामाजिक पहलअन्तर्गत स्थापनाकालदेखि स्वास्थ्य, शिक्षा, वातावरण, प्रकोप रोकथाम तथा प्रतिकार्य र जीविकोपार्जनमा सहयोगलगायत क्षेत्रमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको योगदान गरिसकेको जनाएको छ । एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार ००:००  १० : ०५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping