भारतबाट साढे २५ अर्ब अमेरिकी डलरको औषधी निर्यात, अमेरिका प्रमुख आयातकर्ता « Eglish Khabarhub

भारतबाट साढे २५ अर्ब अमेरिकी डलरको औषधी निर्यात, अमेरिका प्रमुख आयातकर्ता


१२ आश्विन २०८०, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

भारतले विश्वबजारको औषधी क्षेत्रको २० प्रतिशत हिस्सा ओगटेको अध्ययनले देखाएको छ । भारतको वैदेशिक व्यापारमा ठूलो योगदान रहेको औषधी क्षेत्रमा भारतले लगानी बढाउँदै सन् २०३० सम्ममा १ खर्ब ३० अर्बको उद्योग हुने अनुमान गरेको छ । विश्वको तेस्रो ठूलो औषधी उत्पादक देश बनेको भारतबाट नेपालले वार्षिक कतिको औषधी आयात गर्छ ?

काठमाडौं । विश्वको पाँचौं ठूलो अर्थतन्त्र भएको भारतले एकै वर्ष करिब साढे २५ अर्ब अमेरिकी डलर बराबरको औषधी निर्यात गरेको छ । औषधी क्षेत्रबारे गरेको अध्ययनले भारतबाट सन् २०२२/२०२३ मा २५ अर्ब ३९ करोड २० लाख अमेरिकी डलरको औषधी निर्यात गरेको हो ।

वैदेशिक व्यापारमा ठूलो योगदान पुर्‍याएको औषधी क्षेत्रको निर्यात बढ्दो क्रममा रहेको अध्ययनले देखाएको छ । भारतले सन् २०२२/२३ मा ८ अर्ब अमेरिकी डलरको औषधीजन्य वस्तु आयात गरेको भारतले आयात गरेको हिस्साबाहेक १५ अर्ब अमेरिकी डलर निर्यातबाट आम्दानी गरेको छ ।

५० अर्ब अमेरिकी डलरको उद्योग रहेको भारतले उत्पादनको आधा हिस्सा नै निर्यात गरेको अध्ययनमा उल्लेख गरेको छ । विश्वमा माग भएको औषधीको २० प्रतिशत हिस्सा ओगटेको भारतले आगामी २०३० सम्ममा १ खर्ब ३० अर्ब अमेरिकी डलरको उद्योग हुने अनुमान गरेको छ ।

सन् २०२१ सम्ममा ४२ अर्ब अमेरिकी डलरको औषधी उद्योग रहेकोमा सन् २०२४ सम्ममा ६५ अर्ब अमेरिकी डलरको हुने अध्ययनले देखाएको छ । विश्वका देशहरुमध्ये तेस्रो ठूलो औषधी उत्पादनको देश बनेको भारतले कम मूल्यमा औषधी र भ्याक्सिन उत्पादन गर्दै आएको छ । भारतले सन् २०२१/२२ मा ३४ खर्ब ४१ अर्ब २५ करोड भारतीय रुपैयाँ (४२.३४ बिलियन अमेरिकी डलर) को औषधी उत्पादन गरेको थियो ।

भारतीय औषधी उद्योग विशेषगरी जेनेरिक ड्रग्स, ओभर द काउन्टर (ओटीसी) औषधी, बल्क ड्रग्स, भ्याक्सिन, कन्ट्रयाक्ट रिसर्च र उत्पादन, बायोसिमिलर र बायोलोजिक्स सेग्मेन्ट उत्पादनमा समावेश छन् ।

भारतले विश्व बजारमा सबैभन्दा सस्तो मूल्यमा डीपीटी, बीसीजी र दादुराको खोप उत्पादन गरी लिड गरिरहेको छ । विश्व बजारमा भारतले उत्पादन गरेको खोपले ६० प्रतिशत हिस्सा ओगटेको छ । त्यस्तै, विश्व स्वास्थ्य संगठनले माग गरेको डीपीटी र बीसीजी भ्याक्सिनमा भारतले उत्पादन गरेको औषधीको हिस्सा ४० प्रतिशतदेखि ६० प्रतिशत छ । साथै, संगठनले माग गरेको दादुरा खोपमा ९० प्रतिशत हिस्सा भारतीय उत्पादनको योगदान रहेको अध्ययनले देखाएको छ ।

भारतले उत्पादन गरेको औषधीको तथ्याङ्क हेर्ने हो भने वार्षिक बढाउँदै गएको पाइएको छ । सन् २०१७/१८ मा २२ खर्ब ६४ अर्ब  २३ करोड भारतीय रुपैयाँको औषधी उत्पादन गरेको भारतले सन् २०१८/१९ मा २५ खर्ब ८५ अर्ब ३४ करोड रुपैयाँको र सन् २०१९/२० मा २८ खर्ब ९९ अर्ब ९८ करोड भारतीय रुपैयाँको औषधी उत्पादन गरेको थियो ।

त्यसैगरी, सन् २०२०/२१ मा भारतले ३२ खर्ब ८० अर्ब ५४ करोड र सन् २०२१/२२ मा ३४ खर्ब ४१ अर्ब २५ करोड भारतीय रुपैयाँको औषधी उत्पादन गरेको तथ्याङ्कले उल्लेख गर्छ ।

प्रमुख आयातकर्ता अमेरिका

भारतले उत्पादन गरेको आधा हिस्सा निर्यात गर्दै आएकोमा भारतीय औषधीको प्रमुख आयातकर्ता अमेरिका रहेको छ । अमेरिकाले सन् २०२२/२३ मा मात्रै ७ अर्ब ५४ करोड ३० लाख अमेरिकी डलरको औषधी भारतबाट आयात गरेको छ । जुन भारतले निर्यात गरेको औषधीको २९.७१ प्रतिशत हिस्सा हो ।

भारतबाट अमेरिकामा सन् २०२३/२४ सम्ममा औषधीजन्य सामग्री झनै बढ्ने अनुमान गरेको छ । अमेरिकामा औषधीको अभाव देखिएकाले अमेरिकाले उत्पादनका लागि प्रोत्साहन योजनासहित सम्झौता गरेको छ । उटाह (ग्तबज) विश्वविद्यालयको तथ्याङ्कअनुसार अमेरिकामा अहिले ३ सय प्रकार बढी औषधीको अभाव देखिएको छ । त्यसैले भारतीय औषधी उत्पादन गर्ने उद्योगलाई डलर भित्र्याउने अवसर रहेको छ । त्यसमा आगामी वर्षमा भारतीय औषधी उद्योगले ५ खर्ब २७ अर्ब अमेरिकी डलर बराबरको जेनेरिक औषधी माग आपूर्ति गर्ने तथा निर्यात गर्ने अनुमान गरेको छ ।

अमेरिकापछि बेल्जियमले  ७१ करोड ६० लाख, दक्षिण अफ्रिकाले ६५ करोड ८० लाख, बेलायतले ६४ करोड ८० लाख, ब्राजिलले ६४ करोड ४० लाख, नेदरल्यान्डले ५९ करोड २० लाख, रसियाले ५७ करोड ४० लाख र फ्रान्सले ५७ करोड १० लाख अमेरिकी डलरको औषधी भारतबाट आयात गरेका छन् ।

त्यसैगरी, जर्मनीले ५२ करोड ३० लाख, नाइजेरियाले ५१ करोड ५० लाख, क्ण्यानाडाले ५० करोड ७० लाख, अष्ट्रेलियाले ४२ करोड ३० लाख, केन्याले ३६ करोड ३० लाख र चीनले ३४ करोड ८० लाख अमेरिकी डलरको औषधी भारतबाट आयात गरेका छन् ।

भारतले आयात गर्ने औषधीमध्ये चीनको हिस्सा ४३ प्रतिशत 

भारतले निर्यात गर्ने औषधीको तुलनामा आयात भने निकै कम गर्दै आएको छ । त्यसमा भारतले मुख्यगरी चीनबाट आयात गर्ने गरेको पाइएको छ । भारतले  ८ अर्ब १० करोड अमेरिकी डलरको ओषधी आयात गरेकोमा चीनबाट मात्रै ३ अर्ब ५० करोड अमेरिकी डलरको आयात गरेको छ । जुन ४३.१७ प्रतिशत हिस्सा हो ।

भारतले चीनबाट मुख्यगरी बल्क ड्रग्स र ड्रग्स इन्टरमेडिएट्स आयात गर्ने गरेको अध्ययनले देखाएको छ । त्यस्तै, भारतले अमेरिकाबाट ८१ करोड ६० लाख, स्वीजरल्यान्डबाट  ४३ करोड ६० लाख, बेल्जियमबाट ३६ करोड, जर्मनीबाट ३२ करोड ९० लाख, नेदरल्यान्डबाट २७ करोड २० लाख, सिंगापुरबाट २३ करोड १० लाख, डेनमार्कबाट १९ करोड ९० लाख, इटलीबाट १८ करोड ३० लाख, फ्रान्सबाट १७ करोड ९० लाख, जापानबाट १३ करोड ३० लाख, बेलायतबाट १३ करोड २० लाख, स्पेनबाट १२ करोड ८० लाख र इन्डोनेसियाबाट १२ करोड २० लाख अमेरिकी डलरको भारतले औषधी आयात गरेको छ ।

भारतबाट नेपालमा २ अर्ब ३३ करोडको औषधी आयात

वैदेशिक व्यापारमा ठूलो हिस्सा रहेको भारतबाट नेपालले भने कम मात्रामा औषधी आयात गरेको तथ्यांकले देखाउँछ । सस्तो मूल्यमा भ्याक्सिन उत्पादन गरी विश्वबजार कब्जा गरेको भारतबाट नेपालले गत वर्षमा २ अर्ब ३३ करोड ३६ लाख रुपैयाँको औषधीजन्य वस्तु आयात गरेको छ, जुन निकै न्यून हो ।

नेपालले गत आर्थिक आर्थिक वर्षमा ४४ अर्ब ६४ करोड ४५ लाख रुपैयाँको औषधी आयात गरेकोमा भारतबाट विशेषगरी एन्टिबायोटिक आयात गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

नेपालले मुख्यगरी नेदरल्यान्ड र बंगलादेशबाट औषधी आयात गरेको देखाउँछ । नेपालले गत आर्थिक वर्ष नेदरल्यान्डबाट २३ अर्ब ७४ करोड ४१ लाख रुपैयाँको र बंगलादेशबाट १० अर्ब ६ करोड ९५ लाख रुपैयाँको औषधी आयात गरेको छ ।

त्यसबाहेक नेपालले अष्ट्रेलिया, अष्ट्रिया, भुटान, ब्राजिल, क्यानाडा, चीन, डेनमार्क, फ्रान्स, जर्मनी, इन्डोनेसिया, इटली, जापान, जोर्डन, दक्षिण कोरिया, मलेसिया, सिंगापुर, स्वीजरल्यान्ड, थाइल्यान्ड, बेलायत र अमेरिकाबाट औषधी आयात गरेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार ००:००  १२ : ५० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping