![](https://internal.appharu.com/wp-content/uploads/2023/09/nea-kulman-clickmandu-1-1.png)
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभरका विभिन्न स्थानीय तहहरुले सडक बत्ती उपयोग गरेपावतको बक्यौता नतिरेकोमा ४५ दिनभित्र तिर्न सूचना निकालेको छ ।
प्राधिकरणले विभिन्न वितरण केन्द्रहरुबाट स्थानीय निकायहरुले सडकबत्तीका लागि विद्युत उपयोग गरेपावत २०८० असार मशान्तसम्मको विद्युत महसुल बुझाउन बाँकी रहेकाले सम्बन्धित वितरण केन्द्रमा ४५ दिनभित्र बुझाउन भन्दै सूचना निकालेको हो ।
स्थानीय तहले कुल तिनुपर्ने बक्यौता ६ अर्ब ८ करोड ९४ लाख ३११ रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ ।
सँगै प्राधिकरणले आफूसँग अनुमति नलिई बिना मिटर आफूखुसी जथाभावी सडक बत्ती जोड्ने काम नगर्न र बिना मिटर जडान गरिएका सडक बत्तीहरुमा सम्बन्धित वितरण केन्द्रबाट ४५ दिनभित्रमा मिटर जडान गर्न स्थानीय निकायलाई आग्रह पनि गरेको छ ।
SHARE YOUR THOUGHTS