![](https://internal.appharu.com/wp-content/uploads/2019/10/nepali-money-new-note.jpg)
काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज २९ गतेदेखि दसैं र तिहारका लागि नयाँ नोट सटही गर्ने भएको छ ।
राष्ट्र बैंकले दसैं, तिहारका लागि भन्दै असोज २९ देखि नयाँ नोट साटने जनाएको छ । राष्ट्र बैंकले मुद्रा व्यवस्थापन विभाग र वाणिज्य बैंकका तोकिएका शाखाबाट नयाँ नोट साँछन सकिने छ ।
काठमाडौं उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेश कार्यालय वा वाणिज्य बैंकको तोकिएको शाखा कार्यालयबाट नयाँ नोट साटन सकिने छ । नयाँ नोट प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले साटन सकिने राष्ट्र बैंकले जनाएको छ ।
SHARE YOUR THOUGHTS