![](https://internal.appharu.com/wp-content/uploads/2019/10/dividend.jpg)
काठमाडौं । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालले हालसम्मकै उच्च लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई प्रतिकित्ता १ हजार ५८० रुपैयाँका दरले नगद लाभांश दिने घोषणा गरेको हो ।
असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त लाभांश घोषणा गरेको जनाएको छ । लाभांश घोषणा गरेको कम्पनीले मंसिर १२ देखि २६ सम्म बुक क्लोज गर्ने भएको छ ।
मंसिर ११ सम्म कायम सेयरधनीले उक्त लाभांश पाउनेछन् । युनिलिभरले आव २०७८/७९ को नाफाबाट सेयरधनीलाई प्रतिकित्ता १ हजार २१५ रुपैयाँ लाभांश प्रदान गरेको थियो ।
SHARE YOUR THOUGHTS