![](https://internal.appharu.com/wp-content/uploads/2023/02/IPO-768x521.jpg)
काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिटेड (नेप्स)ले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ ।
नेप्सले कात्तिक २३ गते दशौं बार्षिक साधारणसभा बोलाएको छ । सभामा प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने प्रस्ताव लगिने भएको छ । सभाले पारित गरेपछि प्रिमियम मूल्यमा सेयर निष्कासन गरिने छ ।
सभामा गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव लैजाने भएको छ । यस्तै आव २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको कम्पनीले जनाएको छ ।
SHARE YOUR THOUGHTS