![](https://internal.appharu.com/wp-content/uploads/2017/12/shangrila-bank.jpg)
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ ।
शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट ५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । जसमा बोनस ५ प्रतिशत र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश रहेको छ ।
यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी आवको साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
SHARE YOUR THOUGHTS