काठमाडौं महानगरपालिकाले उठायो एक अर्ब बढी कर « Eglish Khabarhub

काठमाडौं महानगरपालिकाले उठायो एक अर्ब बढी कर


१४ कार्तिक २०८०, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । काठमाडौं महानगरपालिकाले बितेका दुई महिनामा एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ । गत आवको सोही अवधिमा कामपाले ९३ करोड ४१ लाख मात्र राजस्व सङ्कलन गरेको थियो ।

राजस्व सङ्कलनको काम वडा कार्यालयबाटै हुन थालेसँगै पछिल्लो समय काठमाडौँ महानगरपालिकाको लामो समयदेखिको बक्यौता रकम उठ्न थालेको छ । कामपाले ३२ वटै वडा कार्यलयबाट राजस्व सङ्कलन गर्न थालेसँगै लामो समयदेखि असुलउपर हुन नसकेको बक्यौता रकम उठ्नुको साथै करदाता सङ्ख्या बढेको बताइएको छ ।

त्यस्तै लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम जरिवानाको कारण तिर्न आनाकानी गरिरहेका करदाताहरुको लागि आगामी पुस मसान्तसम्म जरिवाना रकममा छुट दिएकाले राजस्व सङ्कलनमा सहज भएको छ ।

यसअघि राजस्व तिर्नका लागि वार्षिक तीन लाखसम्म सम्बन्धित वडा कार्यालय र त्यसभन्दा बढी रकम तिर्न कामपाको केन्द्रमा आउनुपर्ने व्यवस्था रहेको राजस्व विभाग प्रमुख धु्रव काफ्लेले भने ।

प्रत्येक वडा कार्यलयबाट राजस्व सङ्कलनको व्यवस्थासँगै वडा सदस्य र कर्मचारीको नेतृत्वमा सचेतना कार्यक्रम सञ्चालन गर्दा राजस्व सङ्कलनमा थप सहजता भएको प्रमुख काफ्लेले जानकारी दिए ।

हाल कामपामा सम्पत्ति कर र बहाल कर बुझाउने करदाताको सङ्ख्या उल्लेख्य बढेको कामपाको भनाइ छ । हाल कामपाले करिब चार लाख करदाता रहेका छन् । हाल कामपाले सम्पत्ति कर, बहाल कर, मनोरञ्जन कर, व्यवसाय, विज्ञापन कर गरी मुख्य नौ शीर्षकमा कर सङ्कलन गर्दै आएको छ ।

चालु आवका लागि कामपाले १० अर्ब ४१ करोड राजस्व असुलको लक्ष्य लिएको राजस्व विभागका प्रमुख काफ्लेले जानकारी दिए । गत आवको सोही अवधिलाई तुलना गर्दा चालु आवको साउन र भदौमा २४ करोड बढी राजस्व असुल भएको छ । चालु आवको दुई महिनाको अवधिमा सबैभन्दा बढी घरबहाल करबाट ५२ करोड राजस्व असुल भएको छ ।

गत वर्षभन्दा यसवर्ष सम्पत्ति करमा मात्रै छ सय ४८ करदाता बढेका छन् । बहाल करतर्फ पनि करदाता बढेका छन् । पछिल्लो समय मात्रै एक हजार तीन सय करदाता थपिएका छन् । कामपाले बक्यौता रकम असुल गर्न छुट दिएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार ००:००  ८ : ४० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping