रातको २ लाखसम्म पर्ने होटलमा ज्ञानेन्द्रको बास, किन गए पूर्वराजा दुसित थानीमा ? « Eglish Khabarhub

रातको २ लाखसम्म पर्ने होटलमा ज्ञानेन्द्रको बास, किन गए पूर्वराजा दुसित थानीमा ?


१९ कार्तिक २०८०, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित काभ्रेपलाञ्चोक पुगेका छन् । काभ्रेस्थित धुलिखेलमा रहेको दुसित थानी हिमालयन रिसोर्टमा बस्ने गरी पूर्वराजा आएको होटल स्रोतले जनाएको छ ।

‘पूर्वराजा ज्ञानेन्द्र आइतबार दिउँसो होटलमा परिवारसहित आउनु भएको छ’ उनले भने, ‘उहाँहरु दुई दिन बस्ने गरि आउनु भएको हो ।’

पूर्वराजपरिवारका सदस्य रिफ्रेसमेन्टका लागि होटलमा आएको हुनसक्ने उनले बताए । धितोपत्र बोर्डका अध्यक्ष रहेका रमेश हमाल स्थानीय साझेदारको रिसोर्ट २ अर्ब ४० करोड लगानीमा असार २२ गतेदेखि सञ्चालनमा आएको होटल नेपालकै लक्जरी मध्येको एक हो ।

दुसित थानी थाइल्यान्डको चर्चित होटेल चेन हो । रिसोर्टमा लक्जरी भिल्लासहित ८५ कोठा छन् । ६३ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा दुसित थानी समूहको ८५ प्रतिशत र स्थानीय साझेदार रमेश हमालको १५ प्रतिशत लगानी छ ।

रिसोर्टमा सेवाग्राहीले सामान्य कोठामा प्रतिदिन न्यूनतम् ३०० डलर खर्च गरी बस्न सक्ने जनाएको छ । त्यस्तै, रिसोर्टको ३ बेडरुमको १५०० डलर तोकेको छ ।

एक दशकअघि नेपाली हस्पिटालिटी क्षेत्रमा प्रवेश गरेको थाइल्यान्डको प्रसिद्ध ब्रान्ड दुसित थानी होटलको निर्माण सन् २०१८ देखि सुरु भएको थियो ।

दुसित होटल एण्ड रिसोर्टको व्यवस्थापनमा भारत, दुबई, माल्दिभ्स, केन्या, कतार, सिंगापुर, युएई, थाइल्यान्ड, चीनलगायत अन्य ४० भन्दा बढी देशमा होटल तथा रिसोर्ट सञ्चालित छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार ००:००  ३ : २७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping