![](https://internal.appharu.com/wp-content/uploads/2021/03/shine-resunga-development-bank-head-office-kalikanagar-butwal.jpg)
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आवको नाफाबाट लाभांश घोषणा गरेको छ ।
बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश घोषणा गरेको छ । बैंकले गत आवको नाफाबाट १०.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । बैंकले मंसिर २३ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ ।
सभा प्रयोजनका लागि बैंकले मंसिर ११ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । मंसिर १० गतेसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउनेछन् ।
SHARE YOUR THOUGHTS