![](https://internal.appharu.com/wp-content/uploads/2021/07/Dividend-768x432.jpg)
काठमाडौं । सोल्टी होटलले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीले सेयरधनीलाई २६.५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यस्तै ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।
कम्पनीले पुस २६ गते बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस ५ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । पुस ४ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउने छन् भने सभामा सहभागी हुन पाउनेछन् ।
SHARE YOUR THOUGHTS