![](https://internal.appharu.com/wp-content/uploads/2023/11/finance-ministry_artha-mantralaya.jpg)
काठमाडौं । सरकारले ७१ सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावअनुसार मन्त्रिपरिषद बैठकले सहसचिवहरूको सरुवा गरेको हो ।
अर्थ मन्त्रालयमा तीन जना सहसचिव भित्रिएका छन् भने दुई जना बाहिरिएका छन् । अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुख आनन्द काफ्लेको गृह मन्त्रालयमा र मध्यमस्तरीय करदाता कार्यालय प्रमुख ढुण्डीप्रसाद निरौलाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरूवा भएको छ ।
अर्थ मन्त्रालयमा लगानी बोर्डको कार्यालयबाट अमृत लम्साल, राष्ट्रिय योजना आयोगबाट महेश बराल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पार्वती शर्मा आएका छन् ।
SHARE YOUR THOUGHTS