
काठमाडौं । सेयर बजार परिसूचक सामान्य घटेको छ । वित्त, होटल, जलविद्युत, उत्पादनमूलक र म्युचुअल फन्ड उपसमूह बढे पनि बैंक, विकास बैंकलगायतका ८ समूह नकारात्मक बनेपछि समग्र बजार परिसूचक २.१७ अंकले घटेर १८९४.५३ अंकमा झरेको छ ।
मंगलबार २९० कम्पनीको सेयर किनबेच हुँदा १०२ कम्पनीले कमाए । कमाउने कम्पनीको शीर्ष स्थानमा बुद्धभूमि नेपाल हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, तारागाउँ रिजेन्सी होटल, अभियान लघुवित्त र श्वेतगंगा हाइड्रोपावर छन् ।
मंगलबार १ अर्ब २८ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ । यो रकम सोमबारको तुलनामा कम हो । सोमबार १ अर्ब ६९ करोडबराबरको सेयर किनबेच भएको थियो नेप्से परिसूचक ११.२३ अंकले घटेको थियो ।
SHARE YOUR THOUGHTS