![](https://internal.appharu.com/wp-content/uploads/2020/07/stock-1-1.jpg)
काठमाडौं । सेयर बजारमा सकारात्मक सर्किट लागेर बन्द भएको छ । बजारमा सर्किट लागेर करिब डेढ घन्टा मा बजार बन्द हुँदा बजार मापन गर्ने सूचक १११.२० अंकले बढेर परिसूचक १९६३.९८ बिन्दुमा रोकिएको छ ।
२४४ कम्पनीको १३ लाख ६७ हजार ६१५ कित्ता सेयर ४८ करोड २४ लाख ८२ हजार २३९ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । करिब ३० कम्पनीको सेयर मूल्य सर्किट लेबलमा बढेको छ ।
२२७ कम्पनीको सेयर मूल्य बढ्दा ५ कम्पनीको घटेको छ । कारोबार रकमका आधारमा माउन्टेन इनर्जी पहिलो स्थानमा रहेको छ । कम्पनीको ३ करोड ५८ लाख २५ हजार ८३३ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा सोनापुर मिनरल्स एण्ड आयल र नेपाल इन्स्योरेन्स कम्पनी रहेका छन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/12/image-13-673x768.png)
![](https://internal.appharu.com/wp-content/uploads/2023/12/image-14-655x768.png)
SHARE YOUR THOUGHTS