![](https://internal.appharu.com/wp-content/uploads/2021/07/Dividend-768x432.jpg)
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीले सेयरधनीलाई ५.७० प्रतिशत लाभांश दिने जनाएको छ ।
जसमा बोनस ५.४२ प्रतिशत र कर प्रयोजनका लागि ०.२८ प्रतिशत नगद लाभांश दिने भएको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/12/image-18-682x768.png)
SHARE YOUR THOUGHTS