![](https://internal.appharu.com/wp-content/uploads/2021/07/Dividend-768x432.jpg)
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने भएको छ ।
कम्पनीले गत आर्थिक बर्ष २०७९/८० को नाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीको यो प्रस्ताव बीमा प्राधिकरणले स्वीकृत गरेर संस्थाको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । कम्पनीले पुस १३ गतेका लागि साधारणसभा बोलाएको छ ।
SHARE YOUR THOUGHTS