मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्वोच्च अदालतले रिट खारेज गरेपछि एनएमबि बैंकले तिर्यो १ अर्ब ८४ करोड बढी कर


काठमाडौं । एनएमबि बैंकले ठूला करदाता कार्यालयमा १ अर्ब ८४ करोड ३४ लाख ४४ हजार २२१ रुपैयाँ कर दाखिला गरेको छ ।
बैंक तथा तथा वित्तीय संस्थाहरु एक आपसमा गाभिँदा तथा एनएमबि बैंकले अन्य वित्तीय संस्थालाई प्राप्तिमा सौदावाजी गर्दा प्राप्त रकम, फर्दर पब्लिक अफरिङ्गमा प्रिमियमवापत उक्त रकम दाखिला गरेको नेप्सेमा जनाएको छ ।

उक्त आयमा समावेश गरि कर तिर्न आर्थिक ऐन २०८० ले गरेको व्यवस्थाका विरुद्ध यस बैंक समेतबाट सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन खारेज भएकाले मंसिर २९ गते आर्थिक ऐन २०८० बमोजिम विशेष ब्यवस्थाको सुविधा लिई उक्त रकम ठूला करदाता कार्यालयमा दाखिला गरेको जनाएको छ ।