एलजीको उत्सवमय अवसरमा ‘हजुरको पर्व हाम्रो प्रविधि’ योजना « Eglish Khabarhub

एलजीको उत्सवमय अवसरमा ‘हजुरको पर्व हाम्रो प्रविधि’ योजना



काठमाडौं। एलजी ब्राण्डले दशैं तिहार तथा छठ २०७४ को शुभ अवसरमा ‘हजुरको पर्व हाम्रो प्रविधि’ भन्ने मुल नाराका साथ योजना ल्याएको छ ।

एलजीका हरेक सामाग्रीहरुको खरिदमा निशुल्क उपहार, ३० प्रतिशत सम्मको छुट र एल.ई.डि. टि.भीका खरिदमा २ वर्ष सम्मको फुल वारेण्टी दिने कुरा कम्पनीले जनाएको छ ।

सबै ओएलईडी टिभीहरु र ६० इन्च भन्दा माथिका युएचडि टिभीमा ३७ हजार ९ सय ९० रुपैयाँ मूल्य पर्ने एसएच पाईभ साउण्ड बार, ४९ र ५५ इन्च युएचडि टिभीमा १५ हजार ९० रुपैयाँ मूल्य पर्ने म्युजिक फ्लो, ४३ इन्च युएचडि टिभी र ४९ अनि ५५ इन्चका स्मार्ट टिभीहरुमा ११ हजार ५ सय ९० रुपैयाँ मूल्य पर्ने एलएच ६४बि अडियो सिस्टम र ४३ स्मार्ट र ४३ इन्च भन्दा माथिका नर्मल एलइडि टिभीहरुमा ७ हजार १ सय ९० रुपैयाँ पर्ने पिएच वान ब्लुटुथ स्पिकर पक्का उपहार स्वरुप राखिएको छ ।

साइड बाई साइड, डोर.इन. डोर, बटम फ्रिजर रेफ्रिजेरेटरहरुको खरिदमा १३ हजार १ सय ९० रुपैयाँ मूल्य पर्ने माइक्रोवेभ ओभन, चेष्ट फ्रिजर र डबल डोर रेफ्रिजेरेटरको खरिदमा ३ हजार ३ सय ३० रुपैयाँ मूल्य पर्ने मिक्सर ग्राइन्डर पक्का उपहारको रुपमा राखिएको छ ।

त्यसैगरि फ्रन्ट लोड वासिङ्ग मसिनमा ३ हजार ४ सय ४० रुपैयाँ पर्ने सुपर कुकर र टप लोड अनि सेमि अटोमेटिक वासिङ्ग मसिनमा १ हजार ११० रुपैयाँ पर्ने कडाई राखिएको छ ।

डिसवासरमा १ हजार ५०० मूल्य बराबरको फ्रि डिटरजेन्ट, माइक्रोवेभ ओभनमा २ हजार रुपैयाँ मूल्य पर्ने कुकिङ्ग किट, र एसिको खरिदमा मूल्य २ हजार ५ सय मूल्य बराबरको फ्रि इन्स्टलेशन जस्ता आकर्षक उपहारहरु सित्तैमा प्राप्त गर्न सकिने छ ।

यो योजना भदौ १९ गते देखि सिमित अवधिको लागि मात्र लागु गरिएको जारी विज्ञप्तीमा उल्लेख छ ।

Publish on: