एटिएमबाट रकम चोरी गर्ने टर्कीस नागरिक पक्राउ « Eglish Khabarhub

एटिएमबाट रकम चोरी गर्ने टर्कीस नागरिक पक्राउ



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले एटिएम कार्डबाट रकम चोरी गर्ने विदेशी नागरिकलार्इ पक्राउ गरेको छ ।

विशेषगरी पुर्वी युरोपेली मुलुक टर्की, बुल्गेरिया, रोमानिया तथा मोल्दोभाका नागरिकहरु अत्याधुनिक कार्ड स्किमिङ डिभाइस, हिडेन क्यामरा प्रणाली, काउन्टरफेट एटिएम कार्ड लगायतका उपकरणहरु साथैमा लिई पर्यटक भिषामा नेपालमा आई ठमेल, दरबारमार्ग क्षेत्रहरुका विभिन्न बैंकहरुका एटिएम बुथहरुबाट विभिन्न नेपाली तथा विदेशी बैंकका ग्राहकहरुको खाताबाट रकम निकाल्ने गिरोह सक्रिय रहेको भन्ने सुचनाका आधारमा यस ब्युरोको टोलीले वर्ष ३० को टर्कीस नागरिक एकरेम अरमान्सीलाई मंगलवार ठमेलको रोयल पेन्गुईन होटलबाट पक्राउ गरेको हो ।

अभियुक्तलार्इ विभिन्न देशहरुका विदेशी मुद्रा र अवैध एटिएम कार्ड लगायतका सामानहरु सहित पक्राउ गरिएको व्यूरोले जनाएको छ ।

हालसम्म ब्यूरोले विदेशी विरुद्ध गरिएको कारवाहीमा ४ रोमानियन, ३ टर्कीस, २ बुल्गेरियन, ४ मोल्दोभियन र २ भारतिय गरी १५ जना विदेशी नागरिकहरु पक्राउ गरिएको जानकारी दिएको छ ।

Publish on: