![](https://internal.appharu.com/wp-content/uploads/2023/12/everest-ATM.jpg)
विराटनगर । विराटनगरमा पैसा चोरी गर्न एभरेष्ट बैंकको एटीएम मेसिनमाथि तोडफोड भएको छ । बैंकको विराटनगर शाखा कार्यालयअगाडि राखेको एटीएम मेसिन बिहीबार राति एक व्यक्तिले फुटाएका हुन् ।
एटीएम मेसिन फुटाएर पैसा चोरीको प्रयास गरेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मेसिनको कभर फुटाउने व्यक्तिको खोजी भइरहेको छ । मध्यरातमा लाठीको साहारामा एटीएम मेसिन फुटाउने प्रयास भएको हो ।
कात्तिक ३० गते पनि विराटनगरको महेन्द्र चोकमा रहेको नबिल बैंकको एटीएम तोडेर पैसा चोर्ने प्रयास भएको थियो । प्रहरीले मेसिन फुटाउँदै गर्दा विराटनगर-११ का मुकेशकुमार कामतलाई पक्राउ गरेको थियो ।
SHARE YOUR THOUGHTS